Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

करणी अभियोगमा एक जना पक्राउ

२३ पुष २०८१, मंगलवार ०२:१३

२३ पुस, काठमाडौं। जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। रूकुम पूर्वको भुमे गाउँपालिका–७ लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले उनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ। मगरले ३२ वर्षीया महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियाे।

साेही आधारमा उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्