Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

भूकम्पबाट सचेत रहन प्रधानमन्त्री ओलीको आग्रह

२३ पुष २०८१, मंगलवार ०२:२१

२३ पुस, काठमाडौं। एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’

आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ ।

यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्