Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

भूकम्पबाट सचेत रहन प्रधानमन्त्री ओलीको आग्रह

२३ पुष २०८१, मंगलवार ०२:२१

२३ पुस, काठमाडौं। एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’

आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ ।

यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्