Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव

२३ पुष २०८१, मंगलवार ११:१६

२३ पुस, काठमाडौं। नेकपा (एमाले)ले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले १४ प्रस्ताव पारित गरेको हो ।

जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।

‘संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्दछ,’ एमालेको निर्णयमा भनिएको छ । बैठकले विभिन्न १४ बुँदे निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्