Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

नेपाल बारका अध्यक्ष घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

२३ पुष २०८१, मंगलवार ११:२५

२३ पुस, काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्च अदालतले अडिओ/भिडिओ झिकाउन आदेश दिएको छ।

घिमिरेविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतले घिमिरेले बोलेको श्रव्य–दृश्य सामग्री पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त अडियो–भिडियो झिकाउने आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालत बार इकाईको कार्यक्रममा घिमिरेले बोलेको अडियो भिडियो झिकाएर घिमिरेलाई सुनाई सनाखत गर्न समेत अदालतले भनेको छ ।

अदालतको आदेशमा भनिएको छ, प्रत्यर्थी (घिमिरे) को अभिव्यक्ति मिति ०८१ असोज ११ गते काठमाडौँ जिल्ला अदालत बार इकाईले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य दृश्यको छायाँङ्कन÷अभिलेख आयोजक बार इकाईबाट झिकाई प्रत्यर्थीलाई देखाई सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू ।’

बार अध्यक्ष घिमिरेको भाषणलाई लिएर सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले बार अध्यक्षमाथि अदालतको अवहेलनामा कारवाही गरिपाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्