Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपाल बारका अध्यक्ष घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

२३ पुष २०८१, मंगलवार ११:२५

२३ पुस, काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्च अदालतले अडिओ/भिडिओ झिकाउन आदेश दिएको छ।

घिमिरेविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतले घिमिरेले बोलेको श्रव्य–दृश्य सामग्री पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त अडियो–भिडियो झिकाउने आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालत बार इकाईको कार्यक्रममा घिमिरेले बोलेको अडियो भिडियो झिकाएर घिमिरेलाई सुनाई सनाखत गर्न समेत अदालतले भनेको छ ।

अदालतको आदेशमा भनिएको छ, प्रत्यर्थी (घिमिरे) को अभिव्यक्ति मिति ०८१ असोज ११ गते काठमाडौँ जिल्ला अदालत बार इकाईले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य दृश्यको छायाँङ्कन÷अभिलेख आयोजक बार इकाईबाट झिकाई प्रत्यर्थीलाई देखाई सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू ।’

बार अध्यक्ष घिमिरेको भाषणलाई लिएर सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले बार अध्यक्षमाथि अदालतको अवहेलनामा कारवाही गरिपाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्