Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
खेलकुद

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

२३ पुष २०८१, मंगलवार ११:३१

२३ पुस, काठमाडौं। नेपाल सरकारले विभिन्न ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची– ४ को बुँदा नं. १४ मा व्यवस्था भएको पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा तीन खेलका पदक विजेतासहितको टोलीलाई नेपाल सरकारले कुल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत ग¥यो ।

गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा भएको साफ महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार दिइयो । खेलाडीहरु अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मीकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता राना मगर, अमिशा कार्की, उषा नाथ, विमला विक, समिक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, अन्जना राना मगर, निशा थोकर, सजनी ठोकर, दिपा शाही र सावित्रा भण्डारीले जनही ३ लाख नगद पुरस्कार पाए ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २ लाख, सहायक प्रशिक्षक भगवती थापा र सहायक प्रशिक्षक (गोलकिपिङ) विनोद महर्जनले समान ६०–६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिष्ट नविना श्रेष्ठले समान १ लाख २० हजार÷१ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । अन्जिला, पूजा, अमिशा, समिक्षा, रेखा, सजनी र सावित्रा भने कार्यक्रममा उपस्थित थिएनन् ।

गत असोजमा चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता समान १–१ खेलाडी र प्रशिक्षकलाई कुल ७ लाख ८० हजार प्रदान गरियो । महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई ६ लाख तथा प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ८० हजार नगद पुरस्कृत भए ।

गत साउनमा भुटानको थिम्पुमा भएको काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका पदक विजेता ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जनालाई जम्मा १९ लाख नगद पुरस्कार वितरण गरियो । स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनीषाकुमारी चौधरीले जनही ५ लाख नगद पुरस्कार प्राप्त गरे । रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान ३–३ लाख नगद पुरस्कार हात पारे । मान र दिलको पनि कार्यक्रममा उपस्थित थिएन । दुवै टोलीका मुख्य प्रशिक्षक रुपेशकुमार विष्टले ३ लाख नगद पुरस्कार प्राप्त गरे ।

राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली र खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीसहितको टोलीलाई बालुवाटारमा आयोजित एक कार्यmक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज आर्यल, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्