Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

२३ पुष २०८१, मंगलवार ११:३६

२३ पुस, काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् ।

विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो । तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन् । त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन् । बिदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्