Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
समाचार

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने सांसद्‌हरूकाे सुझाव

२३ पुष २०८१, मंगलवार ११:४२

२३ पुस, काठमाडौं। फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आबद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे। उनले भने,“ हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट बिक्रीमा सुधार गर्न आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छाैँ,” मन्त्री पाण्डेले निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधि दिइएको बताए।

समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने विचार व्यक्त गरे।

समितिका अर्का सदस्य भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताए। यसको व्यस्थापन करारमा दिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्