Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

शेख हसिनासहित ९६ जनाको पासपोर्ट रद्द

२४ पुष २०८१, बुधबार ०३:०९

२४ पुस, एजेन्सी। बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ । शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छन्  ।

तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ।

यसबाट स्पष्ट हुन्छ कि यदि शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो।

जसअनुसार सन २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको क्रममा भएको कथित गोलीबारी पनि समेटिएको छ । शफिकुल इस्लाम मुफ्तीले दायर गरेको उजुरीमा भनिएको छ कि २०२१ मा जब प्रधानमन्त्री मोदी आए, त्यहाँ विरोध भइरहेको थियो। त्यसबेला शेख हसिनाको सरकारले प्रदर्शनकारी माथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा शफिकुल इस्लाम मुफ्तीका १७ वर्षीय छोराको मृत्यु भएको थियो। धेरै निर्दोष मानिस मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्