Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

शेख हसिनासहित ९६ जनाको पासपोर्ट रद्द

२४ पुष २०८१, बुधबार ०३:०९

२४ पुस, एजेन्सी। बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ । शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छन्  ।

तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ।

यसबाट स्पष्ट हुन्छ कि यदि शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो।

जसअनुसार सन २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको क्रममा भएको कथित गोलीबारी पनि समेटिएको छ । शफिकुल इस्लाम मुफ्तीले दायर गरेको उजुरीमा भनिएको छ कि २०२१ मा जब प्रधानमन्त्री मोदी आए, त्यहाँ विरोध भइरहेको थियो। त्यसबेला शेख हसिनाको सरकारले प्रदर्शनकारी माथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा शफिकुल इस्लाम मुफ्तीका १७ वर्षीय छोराको मृत्यु भएको थियो। धेरै निर्दोष मानिस मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्