Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सुदूरपीश्चम एमालेमा तरंग : भीम रावल निष्कासित भए, लेखराजले पार्टी छाडेको प्रचार गरियो

२४ पुष २०८१, बुधबार ०३:१४

२४ पुस, काठमाडौं। नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको राजनीति केही तरल बनिरहेको छ। पूर्व केन्द्रीय उपाध्यक्ष भीम रावललाई एमालेले निष्कासन गरेपछि एमाले छाड्ने र नेतृत्वसँग असन्तुष्टी जनाउने क्रम बढ्दो छ।

रावल त एमाले अध्यक्ष ओलीविरुद्ध असन्तुष्टि जनाउँदै अभियानमा खटिएका छन्। यति बेला सुदूरपश्चिममा एमालेमै अर्को संकट आइलागेको छ, त्यो पूर्वमाओवादीको असन्तुष्टि एमालेमा नेकपा व्युँतिएपछि रहेको पूर्वमाओवादी र तत्कालीन रावलसहितका नेताको गुट ‘१० बुँदे’ हरू एकसाथ छन्।

भट्टका स्वकीय सचिव हितेस ओझाले एमाले छाडेको हल्ला तथ्यहीन र भ्रामक भएको बताएका छन् । ‘सामाजिक सञ्जालमा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको खबरमा ध्यानाकर्षण भएको छ,’ ओझाले भने, ‘सम्पूर्ण शुभचिन्तक तथा नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलाग्न आग्रह गर्दछु । यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानुनी कारबाहीको प्रक्रियामा जान्छौँ ।’

पूर्वसचिव भीम उपाध्यायले भट्टले एमाले छोडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । ‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू,’ उनले सामाजिक सञ्जालमा भट्टको फोटो राख्दै लेखेका छन्, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट लगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’

केही दिनअघि लेखराजको गृहपालिका कैलालीको गोदावरीका ४६ जनाले सामूहिक राजीनामा दिएको पत्र सार्वजनिक भएको थियो । एमाले गोदावरी नगर कमिटी सदस्य कल्पना बिक र पूर्वनगर कमिटी सचिवालय सदस्य रुपलाल बिक लगायतका ४६ जनाको हस्ताक्षरसहित राजीनामा दिएको पत्र सार्वजनिक भएको थियो । पत्रमा आफूहरू माओवादी केन्द्रबाट नेकपा एमालेमा गएको र महासचिव शंकर पोखरेल लगायत केही नेताहरूले ‘जनयुद्ध’को बारेमा लगातार प्रहार गरेपछि पार्टीमा बस्न आवश्यक नरहेको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्