Trending
बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |     केनिशलाई स्वर्ण     |    
समाचार

लामिछानेमाथि ठगी‚ किर्तेसम्बन्धीका कानुन आकर्षित हुन्छ : महामन्त्री थापा

२ आश्विन २०८१, बुधबार ११:२१

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारीसम्बन्धी कानुन आकर्षित हुने बताएका छन् ।

उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए ।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए।

बुधबार पार्टी कार्यालयमा बोल्दै उनले गोरखा मिडिया नेटवर्कमा  ‘एउटा हैन ४‚५ वटा सहकारीबाट लाखमा होइन करोडौँ रुपैयाँ आएको छ भन्ने समितिले भेटाएको’ उल्लेख गरे ।

महामन्त्री थापाले सहकारी सदस्य नभए पनि लामिछानेले ठुलो रकम हिनामिना गरेको बताए । ‘समितिले एक रुपैयाँ लाने कुरा पनि कानुनी बाटोबाट होइन गैरकानुनी बाटोबाट लगिएको हो भनेर लेख्यो‚’ महामन्त्री थापाले भने ।

‘गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ। गैरकानुनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ। अनि अहिले आएर ‘मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन’ भन्न मिल्दैन। छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलालाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूलाई सहकारी ऐनको दफा १२२ र संगठित अपराधमा मुलुकी अपराध संहिताको दफा ३० आकर्षत हुन्छ,’ महामन्त्री थापाले भने।

उनले आफूहरूकै जडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताए। ‘गोरखा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका करणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन। उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो। त्यसैले राज्यका निकायले छानबिन गर्छ भनेर विश्वास नरहेपछि हामीले संसदलाई गुहारेका थियौं,’ थापाले भने।

प्रतिक्रिया दिनुहोस्