Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित

२४ पुष २०८१, बुधबार ०३:५५

२४ पुस, काठमाडौं। इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ ।

घरेलु मैदानमा आर्सनललाई न्युक्यासल युनाइटेडसँग २-० ले पराजित गरेपछि अब फाइनल पुग्न आर्सनललाई कठिन संघर्ष गर्नुपर्ने देखिएको छ । इमिरेट्स रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए । अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ । खेलमा एलेक्जानडर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । अहिलेसम्म लिगकपको उपाधि जित्न नसकेको न्युकासलले सन् १९६९ देखि उपाधिविहीन रहेको छ । अब सेमिफाइनलको दोस्रो खेल फेब्रवरी ५ मा न्युकासलको सेन्ट जेम्स पार्कमा हुनेछ ।

सन् २०१० यता न्युकासल इमिरेट्समा विजयी रहेको हो । नोभेम्बरमा भएको प्रिमियर लिग खेलमा न्युक्यासलले आर्सनललाई १–० ले हराएको थियो । उक्त खेलमा एलेक्जान्डर इसाकले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्