Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित

२४ पुष २०८१, बुधबार ०३:५५

२४ पुस, काठमाडौं। इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ ।

घरेलु मैदानमा आर्सनललाई न्युक्यासल युनाइटेडसँग २-० ले पराजित गरेपछि अब फाइनल पुग्न आर्सनललाई कठिन संघर्ष गर्नुपर्ने देखिएको छ । इमिरेट्स रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए । अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ । खेलमा एलेक्जानडर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । अहिलेसम्म लिगकपको उपाधि जित्न नसकेको न्युकासलले सन् १९६९ देखि उपाधिविहीन रहेको छ । अब सेमिफाइनलको दोस्रो खेल फेब्रवरी ५ मा न्युकासलको सेन्ट जेम्स पार्कमा हुनेछ ।

सन् २०१० यता न्युकासल इमिरेट्समा विजयी रहेको हो । नोभेम्बरमा भएको प्रिमियर लिग खेलमा न्युक्यासलले आर्सनललाई १–० ले हराएको थियो । उक्त खेलमा एलेक्जान्डर इसाकले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्