Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छः मन्त्री शाही

२४ पुष २०८१, बुधबार ०४:११

२४ पुस, काठमाडौं। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकार गम्भीर भएको बताएका छन् ।

झापाको मेची नगरपालिकामा मानव–हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव हात्ती सह–अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन् ।

सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा बुधबार सरोकारवालाले बुझाएको १४ बुँदे मागपत्र ग्रहण गर्दै उनले मानव—हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने बताएका हुन्।

झापाका मेचीनगर, बुद्धशान्ति र भद्रपुरका पालिका प्रमुखसहित सरोकार भएका सङ्घ संस्था र स्थानीय राजनीतिक दलहरूले हात्ती प्रभावित क्षेत्रको समस्या समाधानका लागि उनलाई १४ बुँदे मागपत्र बुझाएका छन् ।

मागपत्र ग्रहण गर्दै मन्त्री ठकुरीले भने,“मानव र वन्यजन्तुबीच हुने द्वन्द्व समाधानका लागि उपाय खोजिरहेका थियौँ । तपाईहरूले दिनुभएको मागपत्रले अब कसरी जाने भन्ने विषयमा सरकारलाई थप सहज बनाएको छ । कानुनी बाधा अड्चन फुकाएर भए पनि यी माग र सुझावलाई कार्यान्वयन गर्नेछौँ ।”

राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुबाट मानवीय तथा बाली क्षति भएमा १५ दिनभित्र राहत पुर्याउने व्यवस्था रहे पनि निकुञ्ज बाहिर हुने क्षतिबारे भने ढिलाइ हुने गरेको गुनासो आएको भन्दै उनले स्थानीय पालिकाबाटै राहत तथा क्षतिपूर्ति वितरण गर्ने मागका सम्बन्धमा सरकारले आवश्यक कानुनी सहजीकरण गर्ने बताए।

मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक वर्ष २०७१–०७२ देखि झापा जिल्लाका विभिन्न हात्ती प्रभावित क्षेत्रहरूमा करिब ९१ किलोमिटर सोलार विद्युतीय तारबार जडान गरिसकेको संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए । यो अवधिमा करिब ११ करोडभन्दा बढी लगानी गरिएको पोखरेलले जानकारी दिए ।

कोषको कोशी संरक्षण केन्द्रका अनुसार झापा जिल्लामा २०६९ सालयता द्वन्द्वका कारण २१ वटा हात्तीको मृत्यु भएको छ । यस्तै, ७२ जना मानिसहरूको हात्ती आक्रमणमा परी ज्यान गइसकेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्