Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जय ट्रफी : पहिलो दिनको समाप्तिमा मधेशविरूद्ध पुलिसको अग्रता

२४ पुष २०८१, बुधबार ११:१८

२४ पुस, काठमाडौं। जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलअन्तर्गत नेपाल पुलिस र मधेश प्रदेशबीच पहिलो दिनको खेल सकिएको छ ।

मधेश पहिलो इनिङमा अलआउट भएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ६८ बलमा ६३ रनको पारी खेले । जसमा १० चौका समावेश थियो ।

यो समाचार लेख्दासम्म पुलिसले २५.२ ओभरमा एक विकेटको क्षतिमा ११३ रन बनाएको छ । क्रिजमा अर्का ओपनर दिलिप नाथले ३४ रन बनाएर खेलिरहेका छन् । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको थियो । मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्