Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

जय ट्रफी : पहिलो दिनको समाप्तिमा मधेशविरूद्ध पुलिसको अग्रता

२४ पुष २०८१, बुधबार ११:१८

२४ पुस, काठमाडौं। जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलअन्तर्गत नेपाल पुलिस र मधेश प्रदेशबीच पहिलो दिनको खेल सकिएको छ ।

मधेश पहिलो इनिङमा अलआउट भएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ६८ बलमा ६३ रनको पारी खेले । जसमा १० चौका समावेश थियो ।

यो समाचार लेख्दासम्म पुलिसले २५.२ ओभरमा एक विकेटको क्षतिमा ११३ रन बनाएको छ । क्रिजमा अर्का ओपनर दिलिप नाथले ३४ रन बनाएर खेलिरहेका छन् । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको थियो । मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्