Trending
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन     |     संविधान दिवसमा टेलिकमको ‘अफर’     |     प्रधानमन्त्री कार्की – मोदी टेलिफोन वार्ता     |     राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश     |     दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते     |     ९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |    
समाचार

विपिन जोशीको रिहाइकालागि पहल गरिदिन परराष्ट्रमन्त्रीद्वारा इजरायली राजदूतलाई आग्रह

२४ पुष २०८१, बुधबार ११:२४

२४ पुस, काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन्।

परराष्ट्रमन्त्री डा. राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा. राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी हुन् ।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्