Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा

२४ पुष २०८१, बुधबार ११:२९

२४ पुस, काठमाडौं। निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बिसीए कलेजको तेस्रो संस्करणको बिसीए अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको जनाएको छ ।

फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिने कलेजले जनाएको छ । खेलकुदका माध्यमबाट बिसीए कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बिसीए अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।

खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बिसीए कलेज संबद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ । तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बिसीए कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ ।

त्यस्तै, दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ । माघ २ गते तय भएका अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बि।सी।ए कपको विधिवत रुपमा समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्