Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा

२४ पुष २०८१, बुधबार ११:२९

२४ पुस, काठमाडौं। निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बिसीए कलेजको तेस्रो संस्करणको बिसीए अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको जनाएको छ ।

फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिने कलेजले जनाएको छ । खेलकुदका माध्यमबाट बिसीए कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बिसीए अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।

खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बिसीए कलेज संबद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ । तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बिसीए कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ ।

त्यस्तै, दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ । माघ २ गते तय भएका अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बि।सी।ए कपको विधिवत रुपमा समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्