Trending
बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |     केनिशलाई स्वर्ण     |    
समाचार

पाँच तारे होटलको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले भने- पर्यटन विकासमा सरकारले सघाउँछ

२ आश्विन २०८१, बुधबार ११:३१

२ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले  स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित  एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् ।होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए । ‘व्यवसायीहरू निर्वाधरूपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँ कतै नजराना बुझाउनुपर्दैन । सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्