Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री

२४ पुष २०८१, बुधबार १२:१२

२४ पुस, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरे ।

केही सञ्चारमाध्यमहरूले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए । उनले पीत पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताए । उनले सत्य तथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गर्नुभयो । उनले केही गर्न खोज्ने मान्छेहरूप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत समाचार सम्प्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पीत पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु । सत्य तथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्य तथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्