Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

२५ पुष २०८१, बिहीबार ०९:३७

२५ पुस,माेरङ। माेरङकाे सुन्दरहरैँचा- ७ स्थित पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका– ७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेकाे प्रहरीले जनाएको छ ।बम रहेको सूचना आएपछि प्रहरीले आज बिहान ८ बजेदेखि यातायातका साधनलाई राेकेर सर्च गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार नेपाली सेनाकाे टाेलीले बम नष्ट गर्ने तयारी गरिरहेकाे छ ।राजमार्गमा गाडिएको अवस्थामा भेटिएका बम द्वन्द्वकालकै भएकाे उनले बताए । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्