Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

२५ पुष २०८१, बिहीबार ०९:३७

२५ पुस,माेरङ। माेरङकाे सुन्दरहरैँचा- ७ स्थित पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका– ७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेकाे प्रहरीले जनाएको छ ।बम रहेको सूचना आएपछि प्रहरीले आज बिहान ८ बजेदेखि यातायातका साधनलाई राेकेर सर्च गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार नेपाली सेनाकाे टाेलीले बम नष्ट गर्ने तयारी गरिरहेकाे छ ।राजमार्गमा गाडिएको अवस्थामा भेटिएका बम द्वन्द्वकालकै भएकाे उनले बताए । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्