Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिदैनौं :मन्त्री पाण्डे

२५ पुष २०८१, बिहीबार ०९:४९

२५ पुस,काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए।

प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरुमाथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्‍यो, कहिले गर्‍यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’ उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए ।

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि सरोकारवाला निकायले ध्यानदिनुपर्ने समेत उल्लेख गरे ।

‘कुनै पनि विभागीय कर्मचारीहरू माथि पूर्वाग्रह छैन। कसले नियुक्त गर्‍यो, कहिले गर्‍यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु,’ मन्त्री पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस्