Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि

२५ पुष २०८१, बिहीबार १०:००

२५ पुस,काठमाडौं। नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी गराए ।

पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई के कति दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तीस पुतलीमा सुरु भएको छ । दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोश्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफ्गानिस्तानको सहभागिता रहने छ ।

मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्ने छन् । उनीहरुलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्