Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि

२५ पुष २०८१, बिहीबार १०:००

२५ पुस,काठमाडौं। नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी गराए ।

पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई के कति दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तीस पुतलीमा सुरु भएको छ । दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोश्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफ्गानिस्तानको सहभागिता रहने छ ।

मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्ने छन् । उनीहरुलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्