Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल

२५ पुष २०८१, बिहीबार १०:११

२५ पुस,काठमाडौं। नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम २०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे।

उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने बताए। सरकार सञ्चालन गर्ने र महत्त्वपूर्ण पदमा बस्नेले देशलाई आफ्नो हितअनुकूल प्रयोग गरेको आरोप समेत उनले लगाए।

उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतीहरू मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्