Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल

२५ पुष २०८१, बिहीबार १०:११

२५ पुस,काठमाडौं। नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम २०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे।

उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने बताए। सरकार सञ्चालन गर्ने र महत्त्वपूर्ण पदमा बस्नेले देशलाई आफ्नो हितअनुकूल प्रयोग गरेको आरोप समेत उनले लगाए।

उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतीहरू मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्