Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन

२५ पुष २०८१, बिहीबार १०:१६

काठमाडौँ। कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ काे नयाँ वर्ष वैशाख १२ मा प्रदर्शनमा आउने भएकाे छ।

यो फिल्म नयाँ वर्ष २०८२ को वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदीका साथै हलिउडका विश्व विख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।फिल्मका निर्देशक विनोद पौडेल हुन्।

पौडेलले यसअघि ‘बुलबुल’ फिल्म प्रदर्शन गरेका थिए। यो उनको दोस्रो निर्देशन हो। फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। सुसन प्रजापतिले छायांकन, गरेको फिल्म अन्जय खड्काको सम्पादनमा बनेको छ।

प्रतिक्रिया दिनुहोस्