Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

हरिवंश अभिनीत ‘भूठान’ वैशाख १२ प्रदर्शन

२५ पुष २०८१, बिहीबार १०:१६

काठमाडौँ। कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ काे नयाँ वर्ष वैशाख १२ मा प्रदर्शनमा आउने भएकाे छ।

यो फिल्म नयाँ वर्ष २०८२ को वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदीका साथै हलिउडका विश्व विख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।फिल्मका निर्देशक विनोद पौडेल हुन्।

पौडेलले यसअघि ‘बुलबुल’ फिल्म प्रदर्शन गरेका थिए। यो उनको दोस्रो निर्देशन हो। फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। सुसन प्रजापतिले छायांकन, गरेको फिल्म अन्जय खड्काको सम्पादनमा बनेको छ।

प्रतिक्रिया दिनुहोस्