Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

कास्की अदालत पुगे रास्वपाका शीर्ष नेता

२५ पुष २०८१, बिहीबार १०:४७

२५ पुस,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू कास्की जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेसहितको थुनछेक बहस सकिएसँगै आदेश आउने भएपछि नेताहरू कास्की पुगेका हुन्।

कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने कास्की प्रहरी हिरासतमा छन्। अहिले रास्वपाका कार्यवाहकसभापति डीपी अर्याल, कार्यवाहक मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकालसहितका नेताहरू कास्की अदालत पुगेका हुन्।

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन्। कास्की अदालतमा अहिले आदेश लेखनको काम भइरहेको छ।

आजै आदेश आउने सम्भावना भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेर कास्की लगेयता कास्की प्रहरीकै हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्