Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

कास्की अदालत पुगे रास्वपाका शीर्ष नेता

२५ पुष २०८१, बिहीबार १०:४७

२५ पुस,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू कास्की जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेसहितको थुनछेक बहस सकिएसँगै आदेश आउने भएपछि नेताहरू कास्की पुगेका हुन्।

कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने कास्की प्रहरी हिरासतमा छन्। अहिले रास्वपाका कार्यवाहकसभापति डीपी अर्याल, कार्यवाहक मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकालसहितका नेताहरू कास्की अदालत पुगेका हुन्।

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन्। कास्की अदालतमा अहिले आदेश लेखनको काम भइरहेको छ।

आजै आदेश आउने सम्भावना भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेर कास्की लगेयता कास्की प्रहरीकै हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्