Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रविको मुद्दामा थुनछेक आदेश लेखिँदै, अदालत परिसरमा रास्वपाका नेता

२५ पुष २०८१, बिहीबार १०:५१

२५ पुस,पोखरा। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य चलिरहेको छ ।

बिहीबार (आज) सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए ।त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ ।

अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ ।आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिवादीलाई बोल्न समय दिइँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका थिए । हाल रवि र उनकी पत्नी निकिता पौडेल अदालतभित्र विश्रामकक्षमा छन् । रास्वपाका केही नेता, सांसद अदालतभित्र र बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्