Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

एमालेले कुनै पार्टीसँग एकता गर्दैन : प्रधानमन्त्री ओली

२५ पुष २०८१, बिहीबार १२:१६

२५ पुस, काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन् ।

स्ववियु निर्वाचनका सन्दर्भमा बिहीबार अनेरास्ववियुले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले २०७८ सालमै एकता र एकीकरणको चरण सकिएको बताएका हुन् ।

बिहीबार (आज) अनेरास्ववियूद्वारा कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमाले एउटा उद्देश्य र बाटोतर्फ अगाडि बढ्छ, एकताबद्ध भएर अगाडि बढ्छ। एमाले सानातिना कुरामा अल्झिँदैन। एमाले स्वार्थकेन्द्रित भएर जाँदैन,’ ओलीले भने।

यस्तै उनले साना दलहरूलाई एमाले ‘मर्ज’हुनका लागि आह्वान गरे। ‘क्रान्तिकारी नीति मान्छन्, मिल्ने। मान्दैनन्, नमिल्ने। नीतिहीन सङ्गठनसँग एकता गर्‍यौँ भनेर गर्व गरेर काम छैन। बरु एक्लै अगाडि बढ्ने। हामी आफ्नै सङ्गठन विस्तार गर्छौँ, हामी आफैँ अगाडि बढ्छौँ,’ उनले भने, ‘क्रान्तिकारीहरू मर्ज हुन आउँदा हुन्छ।’

पार्टीमा इमान्दारिता चाहिने उल्लेख गर्दै ओलीले पार्टीविरुद्ध लाग्नेहरू पार्टीमा रहन नहुने बताए। ‘पार्टीको नेता हुँ भन्यो, आयो, छलफल होस् भन्यो। यसरी चल्दैन। पार्टीले निर्णय गर्छ, कहाँ कसलाई राख्ने उसले राख्छ। अनावश्यक बार्गेनिङ चल्दैन। हामी पार्टीलाई अनुशासित बनाउँछौँ। लोकतन्त्रको नाममा एउटा यता फर्केर कराएको छ, अर्को उता फर्केर कराएको छ। यसरी चल्दैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्