Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

२६ पुष २०८१, शुक्रबार ०२:१८

२६ पुस, काठमाडौं। अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । उक्त कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसीवाशिङ्गटनडटकमले जनाएको छ ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ ।उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो ।

“यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।” खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्