Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

२६ पुष २०८१, शुक्रबार ०२:१८

२६ पुस, काठमाडौं। अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । उक्त कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसीवाशिङ्गटनडटकमले जनाएको छ ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ ।उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो ।

“यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।” खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्