Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

ह्वात्तै घट्यो दिल्लीको भिजिविलिटी

२६ पुष २०८१, शुक्रबार ०२:३६

२६ पुस, एजेन्सी। शुक्रबार बिहान दिल्ली-एनसीआरमा बाक्लो कुहिरो देखिँदा भिजिविलिटी एकदमै कम भएको छ।

शुक्रबार बिहान बाक्लो हुस्सुका कारण सवारी साधनको गति सुस्त रह्यो। बिहीबार जारी मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा मध्यम खालको कुहिरो देखिनेछ।

बिहान केही स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना पनि रहेको महाशाखालाई उद्धृद गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझ वा राति हल्कादेखि मध्यम कुहिरोको सम्भावना रहेको छ। शुक्रबार अधिकतम तापक्रम २० डिग्री र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको हाराहारीमा रहने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्