Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

ह्वात्तै घट्यो दिल्लीको भिजिविलिटी

२६ पुष २०८१, शुक्रबार ०२:३६

२६ पुस, एजेन्सी। शुक्रबार बिहान दिल्ली-एनसीआरमा बाक्लो कुहिरो देखिँदा भिजिविलिटी एकदमै कम भएको छ।

शुक्रबार बिहान बाक्लो हुस्सुका कारण सवारी साधनको गति सुस्त रह्यो। बिहीबार जारी मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा मध्यम खालको कुहिरो देखिनेछ।

बिहान केही स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना पनि रहेको महाशाखालाई उद्धृद गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझ वा राति हल्कादेखि मध्यम कुहिरोको सम्भावना रहेको छ। शुक्रबार अधिकतम तापक्रम २० डिग्री र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको हाराहारीमा रहने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्