Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्रीबाट- विभिन्न उपसमिति गठन

२६ पुष २०८१, शुक्रबार ०८:५०

२६ पुस, काठमाडौँ। प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य छन् ।

महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ ।

बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्