Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

२६ पुष २०८१, शुक्रबार १२:१५

२६ पुस, काठमाडौँ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर १४ करोड बचत हिनामिना गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।

सहकारीको रकम अपचलनमा जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अभियोग पत्र दायरको रायसहित प्रहरीले मुद्दाको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले रवि, पूर्वडिआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बुझाइएको बताए।

रास्वपा सभापति लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्