Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

२६ पुष २०८१, शुक्रबार १२:१५

२६ पुस, काठमाडौँ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर १४ करोड बचत हिनामिना गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।

सहकारीको रकम अपचलनमा जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अभियोग पत्र दायरको रायसहित प्रहरीले मुद्दाको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले रवि, पूर्वडिआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बुझाइएको बताए।

रास्वपा सभापति लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्