Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन

२६ पुष २०८१, शुक्रबार १२:४२

२६ पुस, काठमाडौँ। सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ ।

आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए ।

राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि कस्तो समसामयिक विषय भने हो भन्ने खुलाएको छैन ।

संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत गरेको छैन । अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।

हिजो र आज माधव नेपालको पनि दौडधूप बढिरहेको छ । उनले अध्यादेश रोक्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ खोजेका छन् । राष्ट्रपति पौडेलसमक्ष पनि यसअघि नै प्रचण्ड र माधवले संयुक्त रुपमा भेटेर अध्यादेश ल्याए अघि नबढाउन अनुरोध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्