Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

केएमसी बास्केटबल भोलिदेखि

२६ पुष २०८१, शुक्रबार १२:४९

२६ पुस, काठमाडौँ। केएमसी स्कुलको आयोजनामा चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा विभिन्न २८ विद्यालयका ३६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले जानकारी गराए । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने केएमसीका इसीए इन्चार्ज प्रवेश शाहीले जानकारी दिए ।

सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा एनसीसीएस र जुनियर ब्वाइजमा ज्ञान निकेतन साविक विजेता हुन् । एनसीसीएस बाहेक बाँकी २ साविक विजेता यो संस्करणमा सहभागी छैनन् । प्रिन्सिपल अम्गाईंले विद्यार्थीमा खेलप्रति आकर्षण बढाउन र उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकै कोर्टमा खेलाइने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ ६ गते हुनेछ । पहिलो दिन ८ खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्