Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

बीबीसी क्वाटरफाइनलमा

२६ पुष २०८१, शुक्रबार १२:५४

२६ पुस, काठमाडौँ। बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित गर्यो ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा एफसी सिलिंक हेटौंडा भेट्रानले फ्रिडम फाइटर ‘ए’ १–० तथा जोरपाटी एफसीले कुपण्डोल फ्रेन्ड्स भेट्रान र बिजी फुटसल भेट्रानले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यो खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल थर्ड आई भेट्रान र आईयुएफसी, जोरपाटी र सिलिंक, आयोजक कुसुन्ती ‘बी’ र चावहिल भेट्रान तथा बीबीसी र बिजीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्