Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

डोनाल्ड ट्रम्पलाई ‘हश मनी’ मुद्दामा जेल र जरिवाना दुबै भएन

२७ पुष २०८१, शनिबार ०२:४९

२७ पुस, काठमाडौँ। ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति-निर्वाचितको अन्तिम प्रयासका बाबजुद एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा वि शर्त रिहाइको सजाय सुनाएका छन्।

शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले यसअघि नै ट्रम्पलाई जेल नपठाउने संकेत गरिसकेका थिए ।

ट्रम्पलाई गत वर्ष मे (२०२४) मा हस मनीसँग सम्बन्धित ३४ मुद्दामा दोषी ठहर गरिएको थियो। उनले वयस्क फिल्म स्टार स्टर्मी ड्यानियललाई मौन बस्नको लागि पैसा दिएका थिए ।

न्यायाधीश मर्चनले यस मुद्दामा ट्रम्पको बिना शर्त रिहाइ गर्नु नै देशको सर्वोच्च पदको उल्लंघन नगरी दिइएको वैध सजाय भएको बताएका छन्।

ट्रम्पमाथि २०१६ मा भएको एक काण्डको बारेमा मौन बस्नको लागि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएको आरोप छ। उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहराइएको थियो। ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनेछन्।

प्रतिक्रिया दिनुहोस्