Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

डोनाल्ड ट्रम्पलाई ‘हश मनी’ मुद्दामा जेल र जरिवाना दुबै भएन

२७ पुष २०८१, शनिबार ०२:४९

२७ पुस, काठमाडौँ। ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति-निर्वाचितको अन्तिम प्रयासका बाबजुद एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा वि शर्त रिहाइको सजाय सुनाएका छन्।

शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले यसअघि नै ट्रम्पलाई जेल नपठाउने संकेत गरिसकेका थिए ।

ट्रम्पलाई गत वर्ष मे (२०२४) मा हस मनीसँग सम्बन्धित ३४ मुद्दामा दोषी ठहर गरिएको थियो। उनले वयस्क फिल्म स्टार स्टर्मी ड्यानियललाई मौन बस्नको लागि पैसा दिएका थिए ।

न्यायाधीश मर्चनले यस मुद्दामा ट्रम्पको बिना शर्त रिहाइ गर्नु नै देशको सर्वोच्च पदको उल्लंघन नगरी दिइएको वैध सजाय भएको बताएका छन्।

ट्रम्पमाथि २०१६ मा भएको एक काण्डको बारेमा मौन बस्नको लागि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएको आरोप छ। उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहराइएको थियो। ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनेछन्।

प्रतिक्रिया दिनुहोस्