Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव- लोकतान्त्रिक बन्नुस्, सहकार्य गर्नुस्

२७ पुष २०८१, शनिबार ०९:११

२७ पुस, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट नबन्न सुझाव दिएका छन् ।

उनले हिट्लर पहिले समाजवादीको नारा लिएर अघि बढेको तर पछि फासिस्ट भएको भन्दै अलि अलि केपी ओलीपनि त्यस्तै हुन खोजेको हो कि भन्ने आफ्नो संकेत भएको टिप्पणी गरे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको जिकिर गरे। उनले भने, ‘ओलीको अहंकारले एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरें, हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो।’

‘आफूलाई बाहेक अरूलाई गन्दै नगन्रे। ज्ञानको भण्डार हुँ भन्ने अहंकारले त्यो हुन पाएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्