Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव- लोकतान्त्रिक बन्नुस्, सहकार्य गर्नुस्

२७ पुष २०८१, शनिबार ०९:११

२७ पुस, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट नबन्न सुझाव दिएका छन् ।

उनले हिट्लर पहिले समाजवादीको नारा लिएर अघि बढेको तर पछि फासिस्ट भएको भन्दै अलि अलि केपी ओलीपनि त्यस्तै हुन खोजेको हो कि भन्ने आफ्नो संकेत भएको टिप्पणी गरे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको जिकिर गरे। उनले भने, ‘ओलीको अहंकारले एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरें, हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो।’

‘आफूलाई बाहेक अरूलाई गन्दै नगन्रे। ज्ञानको भण्डार हुँ भन्ने अहंकारले त्यो हुन पाएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्