Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

२७ पुष २०८१, शनिबार ०९:१६

२७ पुस, काठमाडौँ। अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहका लागि विमान निर्माता कम्पनी बोइंग, गुगललगायतले आर्थिक सहयोग गरेको छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ ।बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ । यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् ।

यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। यो उनको दोस्रो कार्यकाल हुनेछ ।

‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ,’ बोइङले भन्यो, ‘पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहण समारोहमा हामीले सोही रकम बराबरको चन्दा दिएका थियौं।’

‘२०२५ को सपथ ग्रहण समारोहलाई युट्युबमा लाइभ स्ट्रिमिङ र हाम्रो होमपेजमा सीधा लिंकमार्फत समर्थन गर्न पाउँदा गुगल खुसी छ’, गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका प्रमुख करण भाटियाले भने।

प्रतिक्रिया दिनुहोस्