Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

२७ पुष २०८१, शनिबार ०९:१६

२७ पुस, काठमाडौँ। अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहका लागि विमान निर्माता कम्पनी बोइंग, गुगललगायतले आर्थिक सहयोग गरेको छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ ।बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ । यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् ।

यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। यो उनको दोस्रो कार्यकाल हुनेछ ।

‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ,’ बोइङले भन्यो, ‘पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहण समारोहमा हामीले सोही रकम बराबरको चन्दा दिएका थियौं।’

‘२०२५ को सपथ ग्रहण समारोहलाई युट्युबमा लाइभ स्ट्रिमिङ र हाम्रो होमपेजमा सीधा लिंकमार्फत समर्थन गर्न पाउँदा गुगल खुसी छ’, गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका प्रमुख करण भाटियाले भने।

प्रतिक्रिया दिनुहोस्