Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

२७ पुष २०८१, शनिबार ०९:२१

२७ पुस, पोखरा। पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।  बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरु गरेका हुन ।

सिम्रिक एयर लिमिटेड विगत २२ वर्षदेखि नेपाली आकाशमा सुलभ र सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको नेपालकै एक अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनी हो। यस कम्पनीले नेपालमै पहिलो पटक भन्ने नाराका  साथ कार्यहरु गर्दै आइरहेको छ।

जस्तै Fire Fighting, Covid patient transfer International search and rescue लगायत अन्य जोखिमपूर्ण रेस्क्यू फ्लाइट गर्दै आएको छ। सोही अन्तर्गत पहिलो पटक नेपाली प्राविधिक टीमको सहकार्यमा स्काइ डाइभिङ गर्न लागिरहेको छ। जस अर्न्तगत यही १० जनवरी २०२५ देखि २१ जनवरी २०२५ सम्म पोखराको लौरुक क्षेत्रमा सञ्चालन गरिनेछ।

यसमा दुईवटा भीआइपी र डिलक्स प्याकेजहरु रहेका छन्। भीआइपी १ लाख १५ हजार र डिलक्स ९५ हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।  जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्