Trending
डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |    
समाचार

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

२७ पुष २०८१, शनिबार ०९:२१

२७ पुस, पोखरा। पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।  बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरु गरेका हुन ।

सिम्रिक एयर लिमिटेड विगत २२ वर्षदेखि नेपाली आकाशमा सुलभ र सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको नेपालकै एक अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनी हो। यस कम्पनीले नेपालमै पहिलो पटक भन्ने नाराका  साथ कार्यहरु गर्दै आइरहेको छ।

जस्तै Fire Fighting, Covid patient transfer International search and rescue लगायत अन्य जोखिमपूर्ण रेस्क्यू फ्लाइट गर्दै आएको छ। सोही अन्तर्गत पहिलो पटक नेपाली प्राविधिक टीमको सहकार्यमा स्काइ डाइभिङ गर्न लागिरहेको छ। जस अर्न्तगत यही १० जनवरी २०२५ देखि २१ जनवरी २०२५ सम्म पोखराको लौरुक क्षेत्रमा सञ्चालन गरिनेछ।

यसमा दुईवटा भीआइपी र डिलक्स प्याकेजहरु रहेका छन्। भीआइपी १ लाख १५ हजार र डिलक्स ९५ हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।  जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्