Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रवि मध्यरात काठमाडौं आइपुगे, भोलि विहानै अदालत जाने

२७ पुष २०८१, शनिबार ०९:२४

२७ पुस, काठमाडौं। रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।

सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। ‘उहाँ हिजो (शुक्रबार) त्यस्तै साँझ साढे ५ बजे काठमाडौँ आइपुग्नुभयो’, झाले भने, ‘अब भोलि (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका हुन् । तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने शर्तमा कास्की प्रहरीले उनलाई छाडेको हो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्