Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

रवि मध्यरात काठमाडौं आइपुगे, भोलि विहानै अदालत जाने

२७ पुष २०८१, शनिबार ०९:२४

२७ पुस, काठमाडौं। रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।

सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। ‘उहाँ हिजो (शुक्रबार) त्यस्तै साँझ साढे ५ बजे काठमाडौँ आइपुग्नुभयो’, झाले भने, ‘अब भोलि (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका हुन् । तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने शर्तमा कास्की प्रहरीले उनलाई छाडेको हो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्