Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु होः तोसिमा कार्की

२७ पुष २०८१, शनिबार १२:२१

२७ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छन् ।

शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरू बढी बेरोजगारीको सामना गर्नु परेको अवस्था रहको बताएकी हुन् । उनले भनिन‍्, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी अर्थात् जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन्, तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’

यसैगरी उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्