Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु होः तोसिमा कार्की

२७ पुष २०८१, शनिबार १२:२१

२७ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छन् ।

शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरू बढी बेरोजगारीको सामना गर्नु परेको अवस्था रहको बताएकी हुन् । उनले भनिन‍्, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी अर्थात् जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन्, तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’

यसैगरी उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्