Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत

२७ पुष २०८१, शनिबार १२:३४

२७ पुस, काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदले संघीय ससदमा पेस गर्न स्वीकृति दिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

सो विधेयक संसदमा पेश गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए । शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले शुक्रबारको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए ।

शासकीय सुधारसँग सम्बन्धीत कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरु निर्माणका लागि निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्