Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
खेलकुद

पलेशा र प्रशिक्षक लामालाई चार संस्थाको सम्मान

३ आश्विन २०८१, बिहीबार ०३:४४

३ असोज, काठमाडौं। पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ८ ले नगदसहित सम्मान गरेको छ । हिजो एक कार्यक्रमकाबीच वडा नम्बर ८ ले जनही ५१ हजार रुपैयाँसहित पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष आशामान सङ्गतले पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गरेको योगदान अतुलनीय रहेको भन्दै यो सबै नेपालीको जीत भएको बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्