Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
समाचार

मनहरी दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु, गम्भीर १० जनाको उपचार हुँदै

२८ पुष २०८१, आईतवार ०२:४४

२८ पुस, काठमाडौं।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

शनिबार दिउँसो साढे १ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।

स्कारपियो गाडीमा सवार १० जना यात्रु घाइते भएका थिए भने चालक रौतहटको देबही गोनाही नगरपालिका-३ का २७ वर्षीय कृष्ण प्रसाद साह सम्पर्कविहीन थिए।

उनको खोजी गर्दै जाँदा शनिबार राति ९ बजे वीरगन्जको स्पर्श अस्पतालमा उपचाररत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनको घाँटी र छातीमा भित्री चोट रहेको र आइसियुमा उपचार भइरहेको डिएसपी अर्यालले बताए।

दुर्घटनामा राप्ती–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँका २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयाका २६ वर्षीया पूजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्