Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

शिक्षिकाले लठ्ठीले हिर्काउँदा विद्यार्थीको आँखा फुट्यो

२८ पुष २०८१, आईतवार १३:०३

२८ पुस, काठमाडौं। शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुटेको छ। घटना पश्चिम नवलपरासीको प्रतापपुरमा भएको हो। उक्त स्थानमा रहेको एच पाठशालाका यूकेजीका विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो।

शिक्षिका सन्जु चौधरीले प्रशान्तलाई लठ्ठीले हानेकी थिइन्। घटना गत मंसिर १८ गते भएको हो। त्यसबारे प्रहरीमा ढिलो गरी उजुरी परेको हो। उजुरी परेपछि पुस १९ गते प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउको अनुमति लिएको थियो।

पक्राउ पुर्जी लिएर फरार चाैधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए । घटना १८ मंसिरको भए पनि हालैमात्र सार्वजनिक भएको हो ।

चौधरीविरुद्ध ‘कुटपिट अङ्गभङ्ग’ अभियोगमा मुद्दा चलाइएको छ । विद्यालयमा दुई जना बालकले झगडा गरेको भन्दै शिक्षक चाैधरीले प्लास्टिकको लाठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्रप्रसाद चौधरीले बताए ।

‘चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन् । छोराको जीवन नै बर्वाद हुने भयो’, चौधरीले भने । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पतालहुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्