Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

शिक्षिकाले लठ्ठीले हिर्काउँदा विद्यार्थीको आँखा फुट्यो

२८ पुष २०८१, आईतवार १३:०३

२८ पुस, काठमाडौं। शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुटेको छ। घटना पश्चिम नवलपरासीको प्रतापपुरमा भएको हो। उक्त स्थानमा रहेको एच पाठशालाका यूकेजीका विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो।

शिक्षिका सन्जु चौधरीले प्रशान्तलाई लठ्ठीले हानेकी थिइन्। घटना गत मंसिर १८ गते भएको हो। त्यसबारे प्रहरीमा ढिलो गरी उजुरी परेको हो। उजुरी परेपछि पुस १९ गते प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउको अनुमति लिएको थियो।

पक्राउ पुर्जी लिएर फरार चाैधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए । घटना १८ मंसिरको भए पनि हालैमात्र सार्वजनिक भएको हो ।

चौधरीविरुद्ध ‘कुटपिट अङ्गभङ्ग’ अभियोगमा मुद्दा चलाइएको छ । विद्यालयमा दुई जना बालकले झगडा गरेको भन्दै शिक्षक चाैधरीले प्लास्टिकको लाठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्रप्रसाद चौधरीले बताए ।

‘चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन् । छोराको जीवन नै बर्वाद हुने भयो’, चौधरीले भने । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पतालहुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्