Trending
कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     आज विश्वकर्मा पूजा     |     आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना     |     आज देशभर सार्वजनिक बिदा     |     यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर     |     बिहीबारदेखि पुनः शेयर कारोबार हुने     |     अवैध लागुऔषधसहित विमानस्थलबाट दुई भारतीय पक्राउ     |     प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट     |    
समाचार

एनसेलको सधैं अनमा अब फ्रि-अनलिमिटेड नाइट डेटा

२८ पुष २०८१, आईतवार १३:१८

२८ पुस, काठमाडौं। एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।

पुस २५ बाट सुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट सुरु हुने बेस्ट र रु ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन्। यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरूले यो नाइट डेटा पनि पाउँछन्।

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो। रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन्। यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ।

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ। त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्