Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
खेलकुद

अफगानिस्तानले दक्षिण अफ्रिकालाई पहिलाे पटक हरायाे

३ आश्विन २०८१, बिहीबार ०३:४८

३ असोज, काठमाडौं। अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो ।

दक्षिण अफ्रीकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडि रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्