Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
खेलकुद

अफगानिस्तानले दक्षिण अफ्रिकालाई पहिलाे पटक हरायाे

३ आश्विन २०८१, बिहीबार ०३:४८

३ असोज, काठमाडौं। अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो ।

दक्षिण अफ्रीकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडि रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्