Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

चीनले सञ्चालनमा ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’

२९ पुष २०८१, सोमबार ०३:१०

काठमाडौं। चीनले ऊर्जा बचन गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्याएको छ । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको हो ।

कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको उक्त मेट्रो टेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशत कम हुन्छ ।सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए। यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ।

विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ। साथै, यसको संरचनाको स्थायित्व बढाउँछ। यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ।

ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्दछ।

प्रतिक्रिया दिनुहोस्