Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व

२९ पुष २०८१, सोमबार ०३:१८

२९ पुस, काठमाडौं। नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो ।

७ स्वर्णका अलावा नेपालले ५ रजत र ४ कांस्य पनि हात पर्यो। नेपाल जितकुण्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा भारत र श्रीलंकाले समान १–१ रजत र कांस्य जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण जिते ।

उनले फाइनल नेपालकै नितेश कठायतलाई पराजित गरे । पुरुष ६० केजीमुनि नरेन्द्र दनुवार पहिलो भए । उनले फाइनलमा नेपालका अल्ताप दनुवारलाई हराए । नेपालका अमित थापा तेश्रो भए । पुरुष ६५ केजीमा सन्जिव माझीले फाइनलमा नेपालका भीष्म तामाङलाई पाखा लगाउदै स्वर्ण चुमे । नेपालका सुसाङ चौधरी तेश्रो बने ।

पुरुष ७० केजीमुनि सुमन तामाङले स्वर्ण चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई पन्छाए । भारतका मोनिश तेश्रो भए । पुरुष ७० केजीमाथि पिताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेश्रो स्थानमा रहे ।

महिला ५५ केजीमुनि निलम कोइरालाले फाइनलमा नेपालकी सारिका नेपालीको चुनौती पन्छ्याउदै स्वर्ण जितिन् । नेपालकी जमुना दनुवार तेश्रो बनिन् । महिला ७० केजीमाथि उर्मिला दनुवारले स्वर्ण चुमिन् । उर्मिलाले फाइनलमा नेपालकी जमुना विकलाई पराजित गरिन् । नेपालकी ममता शर्मा तेश्रो भइन् ।

शीर्ष तीन स्थानमा रहनेले क्रमशः २३ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअघि संघकै आयोजनामा दुईदिने नवौं टेड वाङ सेमिनार पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्