Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

२९ पुष २०८१, सोमबार ०३:२१

२९ पुस, काठमाडौं। बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ। सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए।

चार दिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर निकालेका थिए। यि स्कोरमा उनले ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए। उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको हकदार बने। नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।

सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने। व्यक्तिगत तर्फ यस अघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए। टिम तर्फ भने सुबाश र सदभावले ३६औं संस्करणमा स्वर्ण पदक जितेका थिए।

त्रिभुवन विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमतर्फ स्वर्ण जितेका राहुल विके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे।

टिम स्पर्धामा नेपालले बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै स्वर्ण जितेको थियो। सदभाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो। प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्