Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

कुसुन्ती र बीबीसी उपाधिका लागि भिड्ने

२९ पुष २०८१, सोमबार ०३:२३

२९ पुस, काठमाडौं। आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे ।

थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो । बीबीसीका नवीन न्यौपानेले निर्णायक गोल गरे । फाइनल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्