Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

१ माघ २०८१, मंगलवार ०७:४३

१ माघ, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।

चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए।

प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो। २० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्