Trending
एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य     |     चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |    
समाचार

टोखा नगरपालिकालाई ग्राण्डी इन्टरनेसनल हस्पिटलले तिर्‍यो ४ करोड २८ लाख रुपैयाँ कर

१ माघ २०८१, मंगलवार ०८:२८

१ माघ, काठमाडौं। ग्राण्डी इन्टरनेसनल हस्पिटलले ४ करोड २८ लाख रुपैयाँ राजस्व तथा शुल्क तिरेको छ।

ग्राण्डी इन्टरनेसनल हस्पिटलले आर्थिक वर्ष २०८०/८१ मा टोखा नगरपालिकालाई ४ करोड २८ लाख रुपैयाँ कर तिरेको छ। विगत ८ वर्षदेखि कर नतिरेको हस्पिटल यस वर्ष टोखा नगरपालिकाको दबाबका कारण कर तिर्न बाध्य भएको हो।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि ग्राण्डी इन्टरनेसनलले टोखा नगरपालिकाको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन्। यद्यपि, अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०८०/०८१  को तुलनामा ग्राण्डी इन्टरनेसनलको राजश्व योगदानमा केही कमी आएको छ ।

हस्पिटलले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन्। टोखा नगरपालिकाले कर नतिर्ने संस्थाहरूलाई कडा कदम चाल्ने चेतावनी दिएपछि ग्राण्डी हस्पिटलले बक्यौता रकम चुकाएको जनाइएको छ। नगरपालिका प्रमुख प्रकाश अधिकारीका अनुसार, हस्पिटलले विगतका वर्षमा नगरपालिकालाई कर नतिर्दा नगरको राजस्व संकलनमा ठूलो असर परेको थियो।

नगर प्रमुखले भने, “हामी कर प्रणालीलाई पारदर्शी बनाउँदै सबै व्यवसायिक संस्थाहरूलाई जिम्मेवारीपूर्ण बनाउन निरन्तर प्रयासरत छौं। ग्राण्डी हस्पिटलले तिरेको करले नगरको विकासमा ठुलो टेवा पुग्नेछ।”

प्रतिक्रिया दिनुहोस्