Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

टोखा नगरपालिकालाई ग्राण्डी इन्टरनेसनल हस्पिटलले तिर्‍यो ४ करोड २८ लाख रुपैयाँ कर

१ माघ २०८१, मंगलवार ०८:२८

१ माघ, काठमाडौं। ग्राण्डी इन्टरनेसनल हस्पिटलले ४ करोड २८ लाख रुपैयाँ राजस्व तथा शुल्क तिरेको छ।

ग्राण्डी इन्टरनेसनल हस्पिटलले आर्थिक वर्ष २०८०/८१ मा टोखा नगरपालिकालाई ४ करोड २८ लाख रुपैयाँ कर तिरेको छ। विगत ८ वर्षदेखि कर नतिरेको हस्पिटल यस वर्ष टोखा नगरपालिकाको दबाबका कारण कर तिर्न बाध्य भएको हो।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि ग्राण्डी इन्टरनेसनलले टोखा नगरपालिकाको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन्। यद्यपि, अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०८०/०८१  को तुलनामा ग्राण्डी इन्टरनेसनलको राजश्व योगदानमा केही कमी आएको छ ।

हस्पिटलले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन्। टोखा नगरपालिकाले कर नतिर्ने संस्थाहरूलाई कडा कदम चाल्ने चेतावनी दिएपछि ग्राण्डी हस्पिटलले बक्यौता रकम चुकाएको जनाइएको छ। नगरपालिका प्रमुख प्रकाश अधिकारीका अनुसार, हस्पिटलले विगतका वर्षमा नगरपालिकालाई कर नतिर्दा नगरको राजस्व संकलनमा ठूलो असर परेको थियो।

नगर प्रमुखले भने, “हामी कर प्रणालीलाई पारदर्शी बनाउँदै सबै व्यवसायिक संस्थाहरूलाई जिम्मेवारीपूर्ण बनाउन निरन्तर प्रयासरत छौं। ग्राण्डी हस्पिटलले तिरेको करले नगरको विकासमा ठुलो टेवा पुग्नेछ।”

प्रतिक्रिया दिनुहोस्